काठमाडौं । विराटनगरमा एक कवाडी गोदाममा भिषण आगलागी भएको छ ।
आगलागीमा परि २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भिर घाइते भएका छन । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको हो । दिउँसो सवाँ २ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परि ५ जना घाइते भएका थिए । घाइते भएका मध्य विराटनगर–६ का दीपक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै एक जनाको उपचारका क्रममा विराटनगर न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् ।



आगलागीको कारण खुल्न सकेको छैन ।।



