आलु र सुकेको प्याजमा लगाएको भ्याट मूल्य अभिवृद्धि कर को विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार रोकेका हुन । स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाण्डौ उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरण रोकिएको हो । केही दिनअघिदेखि नै आलु र प्याजको कारोबार कम हुँदै गएकोमा बुधबारदेखि ठप्प भएको छ ।

कारोबार रोकिएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आलु र सुकेको प्याजको मूल्य सूची समेत राखेको छैन । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय