प्रधानमन्त्री पुष्पकमल दाहाल धनगढी पुगेकाछन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सव महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल शुक्रबार धनगढी पुगेकाहुन् ।
कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शुक्रबारबाट सुरु भएको हो । महोत्सव आगामी पुष २ गतेसम्म चल्ने छ । व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।






