नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई जनतामा पु¥याउनमा नेपाल पुकारको उल्लेख्य महत्व रहेको बताएका छन । आज नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै यनले यस्तो बताएका हुन । सभापति देउवाले काँग्रेसले गरेका काम कारबाहीहरु नागरिकमा लैजान मुखपत्रले महत्वपूर्ण भुमिका खेल्ने विश्वास प्रकट गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाली काँग्रेसको मिसन सुशासन र समुन्नत नेपाल भएको बताए । नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उनको भनाइ थियो । उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्दतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताए । महामन्त्री गगन थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताए ।



महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए । काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै समेत उनले गरे । २००४ मा काँग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो । सोही पत्रिका कांग्रेसले पुन प्रकाशन गर्न थालेको हो ।



