काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताए । ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताए ।

 

प्रचण्डले रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको पनि बताए । भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको उनले बताएका हुन् । ‘रूसी सेनामा पनि नेपाली भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आएको भन्दै प्रचण्डले ‘कोही रूसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा रहेको बताए । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौं । विगतमा देख्न व्यहोर्न पर्दैनथ्यो, अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन’, प्रधानमन्त्री प्रचण्डले भने । इजरायल हमास युद्धमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय