काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्न लागेको हो ।

दुबईमा हुने खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ । प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले राम्रो प्रर्दशन गर्न सकेन । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको नेपाल दोस्रो खेलमा अगफानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

प्रतियोगिताबाट नेपाल लगभग बाहिरिसकेको छ । नेपाल शून्य अंक सहित तालिकाको अन्तिममा छ । दुवै हारले नेपालको नेट रनरेट समेत ऋणात्मक छ । यस समूहमा पाकिस्तान ४ अंक सहित शीर्ष स्थानमा छ । समान दुई अंक जोडेका भारत र अफगानिस्तान क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय