काठमाडौं । पहिचान पक्षधर समुहले आव्हान गरेको बन्दका कारण आज खोटाङमा यातायात सेवा ठप्प भएको छ । नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप पहिचान पक्षधर समूहले आजदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका छन् ।

समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत एमालेले आज घुर्मीमा जनसभा गर्ने तयारी गरेको छ । त्यसकै बिरोधमा एक नम्बर प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तर्गत उदयपुरको घुर्मी र धनकुटाको लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो । बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन चलेका छैनन् ।

यसैबीच, नेकपा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । आजबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय