नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताएका छन् । बुधबार पार्टीको मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैले सरापेर नभइ सत्ता स्वार्थ, स्वार्थ केन्द्रित राजनीति, अर्थनीति र सामाजिक नीतिका कारण देशको विकास हुन नसकेको बताएका हुन् ।

सत्तासीनहरुको आफू धनी हुने, जनतालाई नहेर्ने, विकासमा रुची नराख्ने लगायतका कारण नेपाल गरिव भएको उनको दाबी छ ।अध्यक्ष ओलीले उपयुक्त दृष्टिकोण भएको, जनता र जनताका हीतहरुप्रति जवाफदेही सरकार अहिलेको आवश्यकता भएको पनि बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय