धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि आक्रमण भएको छ । मध्य पहाडी राजमार्गमा संकल्प यात्राका क्रममा भोजपुरको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि आक्रमण भएको हो । स्वागतका क्रममा लेगुवाकै महेश राईले ओलीलाई मुक्का प्रहार गरेका हुन् ।
स्वागत गर्ने लाइनमा पुगेका राईले अध्यक्ष ओलीको टाउकोमा मुक्का प्रहार गरे पनि सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले बचाएका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । राईले मादक पदार्थ सेवन गरेर आक्रमण गरेको प्रहरीले जनाएको छ । गत मंसिर १४ गते दार्चुलाको झुलाघाटबाट शुरु भएको एमालेको संकल्प यात्रा अहिले कोशी प्रदेशमा चलिरहेको छ । कोशीमा पहिचानवादीहरुले यात्रामा अबरोधको प्रयास समेत गरेका छन् ।






