पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २७ गते पक्राउ परेका खाँणलाई बिहीबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

अदालतको आदेशसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो । जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय