पर्वत- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा देखिएको निराशालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन । पर्वतको कुश्मामा नेपाली काँग्रेस प्रदेश सभा ‘क’ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकारले राम्रो काम गर्दा जनतामा आशाको सञ्चार हुने बताएका छन । महामन्त्री रहेका थापाले सरकारले चुनाव अगाडी कुनै पनि दल गठबन्धन गर्न नपाउने निर्वाचन कानुन बनाउन लागेको बताउँदै नेपाली काँग्रेश समर्थकले रुख वाहेक अन्य चिन्हमा भोट हाल्न नपार्ने बताए । साना दलले ठुला दललाई खेलाउने काम गरेर सरकारमा पुग्ने गर्दा जनताका अपेक्षा पुरा गर्न सरकार कमजोर बनेको बताए । जसका कारण सरकारले गतिलो नतिजा देखाउन नसकेको बताएका छन ।



महामन्त्री थापाले पार्टीको संगठन मजवुत बनाउने ५ वटा सुझाव दिएका छन । बिधानमा परिवर्तन गरेर अहिले विभिन्न अभियानको रुपमा पार्टीको संगठन बलियो बनाउने कार्यक्रम सञ्चालन भैरहेको उल्लेख गरे । नेपाली काँग्रेसका प्रत्येक संगठनमा आवद्ध व्याक्तिहरुले पदमा मात्रै बस्ने नभई पार्टी र जनताको पक्षमा काम गर्नुपर्ने अवस्था रहेको जनाए । मिसन ८४ भन्दै केहि दलले नारा लगाउँदै हिँडेको र कतिपय पञ्चायती व्यवस्था फर्काउने भाषण गर्दै हिँडेको भन्दै थापाले काँग्रेस भने वर्तमानको समस्यामा केन्द्रित भएर काम गरिरहेको बताए ।
महामन्त्री थापाले नेपाली काँग्रेसका निम्ति सत्ता भन्दा देश महत्वपूर्ण विषय रहेको भन्दै काँग्रेस देशको चिन्तामा रहेको बताए। नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले प्रत्येकले पार्टीको बारेमा कुण्ठामात्रै पोख्ने तर आफ्नो जिम्मेवारी के हो भन्ने बारेमा चिन्तन नगर्ने समस्या रहेको जनाए । जिल्ला देखि गाउँ हुँदै वडा सम्मका संगठनले पार्टीको संगठनको बारेमा चिन्ता नगर्ने तर नेतृत्वलाई मात्रै औँला उठाउने प्रवृति हाबी भएकोमा जोशीको गुनासो थियो ।
लोकतन्त्र कमजोर बनाउन काँग्रेसका कार्यकर्ता लाग्न नहुने काग्रेँशका नेताहरुले बताएका हुन । । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी, जिल्ला सभापति यूवराज जोशी, निवर्तमान जिल्ला सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नवराज गुरुङ लगायतले बोलेका थिए ।क्षेत्रीय सभापति राजकुमार क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमको स्वागत सचिव केशवप्रसाद उपाध्यायले गरेका हुन भने सञ्चालन क्षेत्रीय कोषाध्यक्ष चित्रकला शर्मा भारती र ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसीले गरेका थिए ।



