काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजदेखि सुरु हुँदैछ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने विषयलगायतमा छलफल हुने छ । बैठकमा विभिन्न राजनीति दल, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी र आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गर्ने तयारी छ ।



बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः ३० सुरु हुने छ । बैठक दुई दिनसम्म चल्ने छ ।



