राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तह खारेजीको माग गर्दै देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । आईतवारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले पुष, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने र फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय बैठकले गरेको हो ।

राप्रपाले आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रिय आन्दोलन मुल समिति पनि गठन गरेको छ । बैठकले डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति पनि गठन गरेको छ ।

अध्यक्ष लिङदेनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलनलाई अघि बढाउने प्रतिवद्धता समेत जनाए । उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यका लागि आह्वान समेत गरे ।

राप्रपाले एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको बिरोध गर्दै उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । त्यस्तै रुस युक्रेन युद्धमा होमिएका नेपाली युवाहरु फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरुको शिघ्र रिहाईका लागि प्रभावकारी कुटनीतिक पहल गर्न पनि सरकारलाई राप्रपाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय