सुनसरी- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् । आज सुनसरीको इनरुवामा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले सरकारको नेतृत्वबाट पुष्पकमल दाहाललाई बिदा गर्नु पर्नेमा जोड दिएका हुन् । उनले प्रधानमन्त्री दाहाललाई तिमीले सकेनौ अब हामीले नेतृत्व गर्छौं भनेर नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।
सभापति कोइरालाले पार्टीमा गुट हुने भए पनि काङ्ग्रेसका उमेदवारहरुलाई नै हराउने गरेर गुटबन्दी गर्ने छुट नेता कार्यकर्ताहरुलाई नहुने पनि स्पष्ट पारे । कोइरालाले काङ्ग्रेसको महाधिवेशन आगामी २०८२ मंसिर अघि नै हुनु पर्नेमा समेत जोड दिएका थिए ।






