काठमाडौं । नेपाल बार एशोसिएशनले स्थापना दिवस मनाउँदै छ । ‘स्वतन्त्र न्यायपालिका, प्रविधिमैत्री सेवा, सक्षम कानुन व्यवसायी, पेशागत मर्यादा’ नारासहित ६८औँ दिवस मनाउन लागेको हो ।
दिवसको अवसरमा एशोसिएशनले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम काठमाडौंको रामशाहपथस्थित बार एशोसिएशनको प्राङ्गणमा गरिएको छ ।



एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । २०१३ साल पुस ७ गते नेपाल बार एशोसिएशननको स्थापना भएको थियो । नेपाल बार एशोसिएशन हाल देशभरका ८३ भन्दा बढी बार एकाइको साझा संगठन बनेको छ । हाल २१ हजारभन्दा बढी कानून व्यवसायी रहेका छन् ।



