उद्योगी व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै ठूलो उद्योगको विद्युत काटेकोमा आपत्ति जनाएका छन् । आज बसेको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त बैठकले प्राधिकरणको निर्णयआपत्ति जनाएका हुन् । व्यवसायीहरुले विद्युत प्राधिकरणले प्रतिशोध साधेर लाइन काटेको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनवापत बक्यौंता भएका ठूला उद्योगको धमाधम लाइन काट्न थालेको हो । प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटेको थियो । प्राधिकरणका अनुसार जगदम्बाले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड तिर्न बाँकी रहेको छ । ऊर्जा मन्त्रालयका अनुसार ३० वटा कम्पनीले गत असारसम्म २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय