नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् । आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताएका हुन् । उनले व्यवस्था बलियो बनाउन लागि गम्भीर बन्न राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।

सभापति देउवाले स्व. भट्टराई कुनैपनि बद्नामले नछोएको व्यक्ति भएकाले उनको बारेमा पुस्तक लेखेर सबैलाई बुझाउनु पर्ने पनि बताए । कार्यक्रममा काँग्रेस उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईले महत्वपूर्ण भूमिका खेलेको बताए । उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि जनाए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय