काठमाडौं । इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै छन् । हरेक वर्ष २५ डिसेम्बरमा यशु ख्रिष्टको जन्मदिनको अबसरमा इसाई धर्मालम्बीले क्रिसमस मनाउने गर्दछन् ।

जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । यशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको पनि भन्ने गरिन्छ ।

यशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । क्रिसमसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय