मंगलवार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको स्वीकार गर्नुभएको हो । उहाँले सरकार असफल भने नभएको बताउनु भयो । उहाँले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताउनु भयो ।






