बागलुङ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरको दर्शन गरेका छन् ।राष्ट्रपति पौडेलले बुधबार विहान १०.४५ बजे बागलुङ नगरपालिका १ मा अवस्थित धार्मिक शक्तिपिठ कालीका मन्दिरमा पुगेर दर्शन गर्नुका साथै माता भगवतीको पुजा गरेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
बागलुङ महोत्सव २०८० को उद्घाटन समारोहमा प्रमुख अतिथि बनेर आउदै गरेका राष्ट्रपति पौडेल राष्ट्र प्रमुख भएपछि पहिलोपटक बागलुङ आइ बिहान १०.४५ बजेदेखि ११ बजेसम्म कालीका भगवती मन्दिरमा पुजा अर्चना गरेको कालीका गुठी ब्यवस्थापन समितिको तर्फबाट स्वागत सम्मान गर्दै कृतज्ञता पत्र प्रदान गरिएको गुठीका अध्यक्ष खड्काले बताए ।



राष्ट्रपति पौडेललाइ गुठीको तर्फबाट अध्यक्ष खड्काले कालीका भगवती मन्दिरको मन्दिर मायाको चिनो प्रदान गरेका थिए ।कालीका भगवती मन्दिर दर्शन लगत्तै बागलुङ नगरपालिका ४ कुडुलेमा रहेको रङ्गबैकेटेश्वर मन्दिर शालग्राम संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको छ ।



