काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले अहिले दोहोरो भूमिका खेलिरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकपछि संचारकर्मीको प्रश्नको जवाफ दिंदै विप्लवले सरकारले आफूहरूसँग सहमति गरेर घेराबन्दी गर्न खोजेको भन्दै त्यस्तो कदम सैह्य नहुने चेतावनी दिनुभएको हो । उहाँले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको विषयमा छलफल भईरहेको बताउनु भयो ।

नेता चन्दले समाजवादी मोर्चाको बैठक पुनः आज साँझ ६ बजे बालुवाटारमा बस्ने बताउनु भयो । विप्लवलाई केही दिनअघि अदालतले पक्राउ पूर्जी जारी गरेपछि सरकारसँग उहाँ रुष्ट हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय