पर्वत । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै ठगीको आरोपमा पक्राउ गरेको हो । पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा मित्रमिलन बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । उनलाई सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप लागेको थियो । पराजुलीलाई पर्वत प्रहरीले पक्राउ गरी कास्की पठाएको छ ।

तत्कालीन रजिस्ट्रार पराजुलीलाई १ करोड ५ लाख घूस लिएको आरोप लागेको छ । पराजुलीसहित ६ जना पक्राउ परिसकेका छन् भने पोखरा २१ का वडाध्यक्षसहित २ दर्जन भन्दा बढी अझै फरार रहेका छन् ।

मित्रमिलन सहकारीका ७ सय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेका थिए । पराजुलीसहितको टोलीले २० करोड ठगी गरेको बचतकर्ता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय