काठमाडौं । हिजोदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ । आज बस्ने बैठकमा कांग्रेसबाट सरकारमा रहेका मन्त्रीले धारणा राख्ने कार्यक्रम रहेको छ । बैठकमा उपप्रधानमन्त्री एवम् कानुनमन्त्री धनराज गुरूङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपि साउद, उद्योग मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरूङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिका मन्त्री सुरेन्द्रराज आचार्यले धारणा राख्नेछन् । हिजोको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए । महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेसः मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा रहेको शर्माले सुनाएका थिए ।



हिजो केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए ।



