जापानमा रनवेमा दुई विमानको ठक्करबाट भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हानिडा विमानस्थलमा जापान एयरलाइन्स र कोस्ट गार्डको विमान आज साँझ विमान आपसमा ठक्कर खाँदा आगलागी भएको हो । रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण सो दुर्घटना भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

जापानको सरकारी सञ्चार संस्था एनएचकेले जापान एयरलाइन्सको विमानमा सवार सबै ३ सय ७९ यात्रु तथा चालक दल सदस्यलाई सुरक्षित रुपमा निकालिएको जनाएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा विमानको भ¥याङबाट धुँवा निक्लिएको देखिएको छ । जापान एयरको विमानले होक्काइडोको उत्तरी टापुको शिन–चितोसे विमानस्थलबाट उडान भरेको थियो । घटनापछि हानिडा विमानस्थलको धावनमार्ग बन्द गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय