काठमाडौं । चन्द्रागिरि नगरपालिका–११ मा पनि हाट बजार सञ्चालन हुने भएको छ ।
विभिन्न समय र स्थानमा हाट बजार सञ्चालन गर्दै आएको नगरपालिकाले वडा नं. ११ मा पनि हाट बजार सञ्चालन गर्ने भन्दै सूचना जारी गरेको हो ।



नगरपालिकाद्वारा जारी गरिएको सूचनामा भनिएको छ– वडा नं. ११ को आयोजनामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु, मौलिक सीपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायी लगायत अन्य व्यवसायीहरुद्वारा उत्पादित बस्तुहरुको प्रदर्शनी तथा विक्री वितरणको लागि शहरी हाट बजार २०८० –०९ –२८ गते देखि विहान ९ः ०० बाट साँझ ६ः०० बजेसम्म वडा नं. ११ सतुंगलस्थित विष्णुदेवी शिक्षा सदन विद्यालयदेखि भलाकुसा बहुउद्देश्यीय सहकारीसम्म सञ्चालन गरिने बताइएको छ ।
चन्द्रागिरि नगरपालीकाले स्थानीय उत्पादनको विक्रि वितरण र प्रवद्र्धनका लागि समय समयमा हाट बजार सञ्चालन गर्दै आएको छ । नगरपालिकाले यसरी सञ्चालन गर्दै आएको हाटबजारबाट स्थानीयहरु लाभान्वित हुदै आएको बताएका छन भने हाटबजार सञ्चालनले स्थानीय व्यापारी व्यवसायी समेत खुशी हुदै आएका छन् । यसअघि नगरपालिकाले कार्यालय प्राङ्गण, वडा नं. २, वडा नं. ३ मा हाट बजार सञ्चालन गरिसकेको छ ।



