सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिकाका ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरका १ र २, रिब्दीकोटका २, ३, ४ र ६, तिनाउ १, २ र ३ का बासिन्दाले आईपीओमा आवेदन दिन सक्छन । त्यस्तै माथागढीका ७ र ८ र निस्दी ७ मा बासिन्दाले लागि ९ लाख ३० हजार कित्ता निष्काशन भएको हो ।

कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय