राप्ती नदिमा बस खस्दा ज्यान गुमाएकाको शव पोष्टमार्टम सुरु गरिएको छ । दुर्घटनापछि लमही अस्पतालमा ल्याईएका १२ वटा शव मध्ये सनाखत भएका ८ जनाको पोष्टमार्टम भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
कतिपय आफन्त शव लिन लमही अस्पताल आईपुगेको प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि शवलाई आजै आफन्तको जिम्मा लगाउने तयारी भएको बताइएको छ । घरसम्म शव पु-याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराइने भएको छ ।



बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट तल राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था अझै गम्भीर रहेको छ ।



