मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दैगर्दा सत्तारुढ दलले नै बिरोध प्रदर्शन गरेको छ । आज मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो । जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर बिरोध गरेका हुन । २०७८ माघ ३ गते अर्थात् आजकै दिन प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले प्रदेश सरकार तामझामका साथ स्वाभिमान दिवस कार्यक्रम आयोजना गरेको थियो ।






