काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्दै छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुहुने छ । बैठकको कार्यतालिकामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक पनि ११ बजे नै बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय