काठमाडौं । फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अहिले तापक्रम घटबढको क्रममा रहे पनि फागुन लागेसँगै अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने बताएको छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।



अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेकोले तापक्रम निरन्तर बढ्दै जाने छ ।



