काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जालसाझी, ठगी, भ्रष्टाचारीलाई समाउँदा चर्को राजनीतिक दबाब खेपिरहेको बताउनु भएको छ ।
अध्यागमन विभागको ई.भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले भ्रष्टाचारीलाई जेलमा नकोचेर सडक पेटीमा व्यापार गर्ने, गरिब सुकुम्बासीलाई समातेर जेलमा हाल्ने हो भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले मिडिया र संचारकर्मीहरुले खुट्टा नकमाई काम गर्न सरकारलाई हौसला र प्रोत्साहन गरेको भन्दै धन्यवाद समेत दिनुभयो ।



उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनको पक्षमा अघि बढ्दा राजनीतिक दलले अवरोध नगरी सहयोग गर्न समेत अपिल गर्नुभयो ।



