एनआइसी एशिया बैक यस्तो भयावहको अवस्थामा पुगेको छकी, जहाँ उसले लाखौ निक्षेपकर्ताको बचत फिर्ता दिन नसक्ने अवस्थामा पुगेको पाइएको छ। बैकिङ सुशासनमा निरन्तर चिप्लिदै गएको यस बैकबाट गएको माघ महिनामा मात्रै बचतकर्ताले १४ अर्ब रुपैयाँभन्दा बढी रकम निकालेका थिए । जब कि पुस महिनामा बैंकको कुल निक्षेप ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । जुन निक्षेप माघ महिनामा रकम घटेर ३ खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँमा झ¥यो । ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउनमा ढिला भन्दै धितो लिलामीका नाममा जफत गर्दै आएको छ यस बैकले ।

सहकारीभित्रको बेथितिलाई बेलैमा नियमन नगर्दा यतिबेला सहकारी सम्हाल्नै नसक्ने अवस्थामा पुगेको छ, भने भोलिका दिनमा एनआइसी एशिया बैक पनि त्यही अवस्थामा पुग्न धेरै दिन नलाग्ला । बैंक सञ्चालक र व्यवस्थापनले आफंैले कम मूल्यमा सकारेर लिने दाउ खेल्नका लागि गैरसम्पत्तिमा वृद्धि गरेपछि वित्तीय कुशासनमा रुमल्लिएको हो, यस बैक । जहाँ चालू आर्थिक वर्षमा मात्रै गैर बैंकिङ सम्पत्ति ३ अर्ब ५० करोडभन्दा धेरै देखिन्छ। गैरबैंकिङ सम्पत्ति दुई वर्षभित्र लिलाम बिक्री गरिसक्नुपर्ने कानुनी व्यवस्था भएपनि बैकले सकार्न सकेको छैन । यद्यपि गैरबैंकिङ सम्पत्ति थुपार्दा पनि नियमनकारी निकाय नेपाल राष्ट्र बैक भने उल्टो बचाउ गर्दछन ।

राष्ट्र बैक जस्तो जिम्मेवार निकायले यस्तै संरक्षण गर्दै जाने हो, भने एनआइसी एशिया बैकका संचालकहरुले के गर्दछन् त्यो भोलिका दिनमा त्यत्तिबेलै अवस्य थाहा होला, तर, यस्ता हल्का पहल कदमीले भने ४१ लाख बचतकर्ताको बचत रकम डुब्न सक्ने देखिन्छ। किनकी बैंकको नाममा घरजग्गा अर्थात गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ, जसको कारण बैकमा नगद मौज्दात कम हुँदै गएको छ। बैकले बचतकर्ताको रकम सबै शाखाबाट सहजै दिन सकेको छैन, काठमाडौका केही एटिएमले पैसा दिन सकेका छैनन्। एटिएम जाँदा कारोबार गरेकोमा तपाईलाई धन्यवाद भन्दै पैसा नदिने गरेका छन्। यस विषयमा हामीले कलंकीस्थित शाखामा त्यहाँ कार्यरत कर्मचारीलाई जिज्ञासा राख्दा उनीहरुले आफूलाई थाहा नभएको भन्दै जवाफ फर्काएका थिए ।

एकातिर भुक्तानी दिन बैकलाई धौ धौ पर्दै गएको छ, भने अर्काेतिर किस्तामा ढिलाइ गरेको भन्दै ऋणीमाथि मानसिक यातना र सामाजिक बेइज्जती गर्ने गरेको बैकमाथि आरोप छ। यति मात्रै होइन, एनआईसी एसिया बैंक नेप्सेको कम्पनी सूचीकरणमा ‘बी’ समूहमा रहेको यस बैकले अधिकांश लगानी घरजग्गामा गरेको छ। घरजग्गामा पाइने ब्याज सहुलियतमा समेत एनआईसी एसिया बैंकबाट दुरुपयोग भएको पाइएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको दबाबमा राष्ट्र बैंकले लेखापरीक्षण गर्नुपर्ने अवस्थामा पुगेको यस बैकले १ खर्बभन्दा बढी घरजग्गा कर्जाको फर्जी ऋणीहरूको विवरण बनाएको पाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय