गत माघ महिनाको अन्तिम साता एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अभिव्यक्ति दिनुभएको थियो । ओलीको अभिव्यक्ति थियो बैकिङ क्षेत्रमा आइलागेको संकट । जहाँ मिटरव्याजी जस्तै भए बैंकहरु । कर्जा प्रवाहमा एउटा शर्त राख्ने तर, हरेक तीन–तीन महिनामा व्याजमाथि स्याज जोडेर पैसा असुल्ने । यस्तो काम त मिटरव्याजीहरुले मात्र गर्छन् भन्दै उहाँले प्रश्न उठाउनु भएको थियो ।
हो, अहिले बैकिङ क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको जस्तै भइरहेको छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा उरालेर देशभर शाखा भएको अग्रनी बैक हो, एनआईसी एशिया बैंक । जुन बैक यतिबेला ऋणीहरुका लागि यमराज भएको छ । एनआईसी एशिया बैकले तपाई हाम्रो घर सम्पत्ति कतिबेला उठाउँछ र हामीलाई मर्न बाध्य बनाउँछ भन्ने कुनै अत्तोपत्तो हुन्न । एनआईसी एशिया बैकको यस्तै ज्यादती र आतंक भोग्न बाध्य छन्, लाखौ ऋणीहरु । बैंक सधै नाफामा गइरहने । तर, ऋणीले त्यही बैंककै कारण सर्वश्व डुबाएर ज्यानै गुमाउनु पर्ने अवस्थामा पुग्नु सामान्य विषय भने होइन । कर्जा प्रवाहमा खराब सूचीमा पुगेको एनआईसी एशिया बैकको बैकिङ सुधार गर्नतिर भन्दा यसका संचालकहरु संचार माध्यमलाई किनेर आफ्नो कर्तुत लुकाई पानीमाथि ओभानो बन्ने कोसिस गर्दै छन् ।



अहिले वित्तीय प्रणालीमा उठेको प्रश्न विशेषतः एनआईसी एशिया बैंकतिर केन्द्रित छ । एनआईसी एशियाको काम गराइको प्रवृत्तिप्रति ज्यादै नकारात्मक भाष्य बनिरहेको छ । व्यक्तिहरु एनआईसी एशिया बैंकप्रति किन नकारात्मक भइरहेका छन् ? त्यसको कारण एनआईसी एशिया स्वयम् र अन्य बैंकले पनि बुझ्नुपर्छ । अनावश्यक रुपमा यसरी संस्थागत धारणा बाहिर आउँदा एनआईसी एशियाको गलत अभ्यासको संस्थागत ढाकछोपले छोपिने देखिन्न किनकी बैंकका व्यवस्थापक र संचालकहरु पूर्णरुपमा असफल हुँदा बैक डुब्ने अवस्थामा पुगेको हो । आफ्नो शरीरमा पोतिएको हिलो सफा गर्नुको साटो आम संचार माध्यमलाई दोष लगाएर होस् वा संचार माध्यमलाई किनेर नाटक गरेर आफू लायक बन्न खोज्नु बैंक संचालकहरुको दिवास्वप्न बाहेक अरु केही हुन सक्दैन ।
बैंक आफूले गर्ने व्यवसाय सुरक्षित, पारदर्शी र प्रश्न नउठ्ने गरी संचालन भएको खण्डमा प्रश्न कदापि उठ्दैन । अनि आफूले गलत नगरेको भए एनआईसी एशियाका संचालकहरु आत्तिनुपर्ने किन ? पहिलो सुधार आफैबाट गर्नेतिर संचालकहरु लागून् । विगतमा नेपाल बंगलादेश बैंक, गोर्खा डेभलपमेन्ट बैंक, नेपाल विकास बैंक, नेपाल सेयर मार्केट एण्ड फाइनान्सलगायतका संस्था डुबेका थिए । त्यो उनीहरुको आन्तरिक कारण नै थियो । अहिले यस्तै भएको छ एनआईसी एशिया बैंकको हविगत पनि ।
संचालकहरुले आफूभित्रको घैलामैला फोहोर फाल्ने कोसिस गरौ, ऋण प्रवाहका नाममा जनताको सर्वश्व असुल्ने उद्देश्यले एनआईसी एशिया बैक अघि बढेको थियो । अहिले बैंकको कर्तुत सवत्र छताछुल्ल भएसँगै बैंकमाथि अझै प्रश्नका धारिला तीरहरु सोझिने छन् । जतिबेला बैंकले जनताको पूर्णरुपमा विश्वास गुमाइसक्ने छ भने लाखौ निक्षेपकर्ताको बचत पनि डुब्ने छ ।
संचालकहरुले मिडियालाई दोष लगाउने र आफुतिर प्रभावित गरेर आफ्नो दोष लुकाउनु भन्दा पनि बैंक भित्र रहेको बेथिति र विकृतिलाई उजागर गर्दै व्यवस्थापकीय सुधार गर्दै जनता र निक्षेपकर्ताको विश्वास पुनः आर्जन गर्ने प्रयत्न गरेमा त्यो स्वयम् संस्था र त्यसका संचालकहरुका लागि हितकर नै हुने थियो कि ?



