सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीलाई वडा नम्बर–९ का वडाअधयक्ष विश्वानाथ रायसहित स्थानीयहरूले दुई घण्टा कार्यकक्षमा थुनेका छन् । हरिपुर नगरपालिका– ९ पिडारीको नाला निर्माण तथा ढलानको लागि संघीय सरकारको सर्शत अनुदान तर्फको ८० लाख बजेट सम्झौता नगरेको भन्दै स्थानीय उहाँलाई कार्यकक्षमा थुनेका हुन ।

योजना कार्यान्वयन गर्न स्थानीयले पटकपटक प्रमुख प्रशासकीय अधिकृतसँग माग गर्दै आएका थिए । कार्की प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि नगरको विकास बजेट संचालन सुस्त भएको भन्दै कार्यपालिका सदस्य तथा स्थानीयहरूले गुनासो गर्दै गत बुधबार अधिकृत कमलबहादुर कार्कीसँग चर्को बादविवाद गरेका थिए ।

नगरपालिकाबाट हुने कार्यसम्पादन समेत राम्रोसँग नभएको स्थानीय सेवाग्राहीको गुनासो छ । सम्झौताअनुसार काम सम्पन्न गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत कार्कीले भुक्तानी दिन र वडा तथा नगर स्तरीय योजना सम्झौता गर्न आनाकानी गरेको उपभोक्त समिति र ठेकेदारको आरोप रहेको छ ।

आर्थिक वर्षको ८ महिनाको अवधिमा पालिकाले १७ प्रतिशत पूजीगत खर्च गरेको छ भने ४० प्रतिशत चालुतर्फको बजेट खर्च गरेको छ । यस सम्बन्धमा अधिकृत कमलबहादुर कार्कीसँग सोध पुछगर्दा उहाँले आफुलाई कसैले कसैले नथुनेको तर, केहीबेर बादविवाद मात्र भएको स्वीकार गर्नुभएको थियो । वडा नम्बर ९ का वडाअध्यक्ष विश्वानाथ राय भन्नुहुन्छ पालिकामा हाकिम बनेर प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्की आए देखि विकास निर्माणको काम कछुवाको गतिमा चलेको बताउनु हुन्छ । सेवाग्राहीले पाउने सुविधा समेत समयमा पाउन सकेको छैनन् ।

यस विषयमा समाचार आएपछि प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै पत्रकारहरूलाई समेत कारवाहीको दायरामा ल्याउने धम्की दिएपछि पालिकाको वातावरण झनै विग्रिदै गएको छ ।

केही वर्ष पहिले सर्लाहीको कौडेना गा.पा. र चक्रघट्टा गाउँपालिकामा उहाँले अधिकृतका रूपमा काम गरि सक्नुभएको छ । त्यो दुबै पालिकामा उहाँले बजेट चलाउन सकेका थिएनन् । बजेट चलाउन नसकेपछि अधिकृत कार्की यो दुबै पालिकाबाट विवादित हुँदै पालिका छोड्नु परेको थियो । अहिले आएर फेरि हरिपुर नगरपालिकामा पनि सोही विषय दोहोरिदा हाकिम कार्की विवादमा तानिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय