धरान – बुढासुब्बा गोल्डकपको २४ औं संस्करण आगामी फागुन २६ गतेदेखि धरानमा हुने भएको छ । धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै २४ औ संस्करणको प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । मोफसलमा हुने फुटबलले खेलाडी उत्पादन, फुटबल खेललाईलाई व्यवासायीकरण गर्ने काममा एउटा इँटा थप्ने क्लवको विश्वास छ ।

धरान फुटबल क्लबका अनुसार यो बर्ष आयोजक क्लबबाट सबै खेलाडी धरानबाटै उत्पादन भएका मात्रै हुने भएका छन । विगतमा बाहिरका खेलाडी सहभागी गराउदापनि उपाधि जित्न नसकेकाले क्लवले स्थानीय खेलाडीलाई प्राथमिकतामा राखेको हो ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक बाहेक चर्च ब्वाईज, थ्रीस्टार, एनआरटीं, त्रिभुवन आर्मी, काकडभिट्टा, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसीले सहभागिता जनाउनेछन । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय