दादुरा–रुबेलाको सङ्क्रमणको जोखिम काम गराउन आइतबारदेखि खोप अभियान सञ्चालन हुने भएको छ । सरकारले यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुम बाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार ३०५ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने योजना सरकारको छ । भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ । गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुबेला फैलिँदा २ सय २५ जना सङ्क्रमित भएका थिए। एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय