काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै पत्र पठाएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको भनिएको छ । ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा आमन्त्रण गरिएको छ’, पत्रमा भनिएको छ । मन्त्रालयले संघर्ष समितिलाई वार्तामा बोलाउनुपर्नेमा व्यक्तिगत रुपमा पत्र लेखेको भन्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिले भने असन्तुष्टि जनाएको छ । व्यक्तिगत रुपमा पठाइएको पत्रको जवाफ, व्यक्तिगत रुपमै दिने’ निर्णय समितिले गरेको छ । मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आएका छन । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी छ ।

 

मिटरब्याज पीडितको समस्या समाधानका लागि गठन भएको आयोगका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले जिल्ला प्रशासन कार्यालयमा रहेको संयन्त्रबाट पीडितहरुसँग निवेदन माग्दा २८ हजार जनाले निवेदन दिएका थिए । तीमध्ये ५ हजार निवेदनमा पीडित र साहुबीच सहमति भएता पनि २३ हजार अझै पीडित छन । पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँ बराबरको लेनदेनको लिखत फेला पारेको थियो ।तर, साहुहरूले ब्याज सहित ७ अर्ब ६२ करोड रुपैयाँ बाँकी भनेका थिए ।

ती लिखतहरु सबै खारेज हुनुप-यो र लिएको जति पैसाका आधारमा पीडितले तिर्न पाउने व्यवस्था हुनुपर्यो भन्ने समितिको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय