पाप धुरीबाट कराउँछ भने झै, यतिबेला प्रभु बैकका डेपुटी सीइयोसहितका मानिसहरु पक्राउ परेका छन्। कर्जा लगानीमा कमसल खालको धितोमा बदमासी गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चल्तीमा रहेको एक बैकका डेपुटी सीइओसहितका ११ जनालाई पक्राउ गरेको छ। तत्कालीन सेन्चुरी बैकमा रहेको बेला बैक कर्जा प्रवाहमा हिनामिना गरेको भन्दै हाल प्रभु बैकका डेपुटी सीइओ मनोज न्यौपाने सहित उनीहरु पक्राउ परेका हुन् । ३० लाख निक्षेपकर्ताको बचत रहेको यस प्रभु बैकमा उनी यतिबेला डेपुटी सीइओ छन् । मिति २०७९ पुस २६ गते प्रभु बैक र सेन्चुरी बैकबीच मर्ज भएपनि उनै मनोज न्यौपाने डेपुटी र अशोक शेरचन सीइओमा नियुक्त भएका थिए ।

सेन्चुरीमा रहेको बेला कर्जा हिनामिनाको विषयमा सीआइबीले अनुसन्धान गर्दै आएको थियो। प्रहरी अनुसन्धानपछि प्रभु बैकका डेपुटी सीइओ मनोज न्यौपाने र सेन्चुरी कर्मशीयल बैकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमसहितका व्यक्तिहरु प्रहरी फन्दामा परेका हुन् । पक्राउ पर्नेमा सेन्चुरी कमर्शीयल बैंकका तत्कालीन कर्मचारीहरु दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ ,राजेश भण्डारी, सबिन श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ र सुभास श्रेष्ठ लगायत रहेका छन् ।

सीआइबीका अनुसार यसअघि नेपाल राष्ट्र बैंकले सेन्चुरी कमर्शीयल बैंकको ऋण घोटालाको छानविन गरिदिन सीआइबीलाई अनुरोध गरेको थियो । त्यही अनुसार सीआइबीले तत्कालीन सेन्चुरी कमर्शीयल बैंकका ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।सेन्चुरी बैक र प्रभु बैकबीच मर्ज भएपछि २०७९ पुस २६ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु गरिएको थियो ।मर्ज पछि प्रभु बैकको चुक्ता पुँजी करिब २४ अर्बको हाराहारीमा छ,भने ३० लाख बचतकर्ताको निक्षेप छ। डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेपछि प्रभु बैकमा रहेको लाखौ निक्षेपकर्ताको बचत पनि जोखिममा परेको देखिन्छ। बैकका जिम्मेवार व्यक्तिहरु नै यस्ता विवादित धन्दामा मुछिएपछि बचतकर्ताको बचत थप जोखिममा पर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय