नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा उनले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिएका हुन । गर्भनर अधिकारीले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे ।
गभर्नर अधिकारीले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे । गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु माथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताए ।



अध्यक्ष केसीले बैंकहरु निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले सडकबाट बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या आउनसक्ने दाबी गरे । पछिल्लो समय बैकिङ उद्योगलाई लक्षित राज्यपक्ष र बाहिर सडकबाट दिने दबाबले अफ्ठ्यारो बनाएको उनको भनाइ थियो । अहिले ७ सय १९ अर्ब बढी लगानी बैंकिङ क्षेत्रमा रहेको अध्यक्ष केसीले जानकारी दिए ।



