काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धन फुटेर नयाँ समीकरणको सरकार बन्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन सरकार तोडेपछि नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्न लाग्नुभएको हो । नयाँ सत्ता गठबन्धनको सहमतिअनुसार आज आज ४ जनालाई विनाविभागीय मन्त्रीको शपथ गराइने भएको छ । माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ मन्त्रिमण्डल गठनको लागि एमाले, माओवादी र रास्वपाको बैठक बसिरहेको छ । एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् । माओवादीबाट प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन छन् भने रास्वपाबाट सभापति रवि लामिछाने बैठकमा सहभागी भएका छन् ।

जनता समाजवादी पार्टी जसपाको आकस्मिक बैठक बसिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय