काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍ विस्तार गर्नुभएको छ ।

सत्ता समीकरण बदलिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । आज १६ मन्त्रीले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनु भएको छ ।

नेकपा एमालेका रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, हरि उप्रेती रक्षा, पदम गिरी कानुन, ज्वालाकुमारी साह कृषि, भगवती चौधरी महिला बालबालिका, दामोदर भण्डारी उद्योग, राजेन्द्र राई खानेपानी, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै माओवादी केन्द्रका नरायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्तिबहादुर बस्नेत ऊर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपउपप्रधान तथा गृह, डीपी अर्याललाई श्रम, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

साथै एकीकृत समाजवादीका भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय