पोखराको सुर्यदर्शन सहकारी ठगी सहितको अनुसन्धानमा सक्रिय छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)। ती सहकारीमा रहेको बचतकर्ताहरूको बचत दुरुपयोगको आरोपीमध्येका एक हुन् रवि लामिछाने।

वर्तमान सरकारमा अर्थमन्त्रीका रूपमा सहभागी वर्षमान पुन सुन तस्करीमा पटक पटक जोडिएका पात्र हुन्। पुन साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा प्रत्यक्ष जोडिएका थिए। पुनका कान्छा भाइ प्रनिश पुन मगर सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको अनुसन्धानमा खुलेको थियो। प्रहरी अनुसन्धानमा खुलेका सुन तस्करीका नाइकेहरूसँग कुनै न कुनै रूपमा संलग्नता देखिएका पुन वर्तमान सरकारको अर्थमन्त्री बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय