काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिनु हुने भएको छ ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडी प्रधानमन्त्री दाहालले नेकपा एमाले, रास्वपा, जसपासँगको नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिन लाग्नुभएको हो ।



माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लिने माओवादी केन्द्रका पार्टी सचिव चक्रापाणी खनालले प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने जानकारी दिनुभयो ।



