सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उमेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्ने भएकाछन् ।आईतवार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारका रुपमा नारायण दाहाल उम्मेदवार बन्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । उनकाअनुसार बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएको बताए ।
उनका अनुसार राष्ट्रिय सभाको अध्यक्षको सन्दर्भमा व्यापक रुपले छलफल भयो । पदाधिकारी बैठकको निर्णय भनेको नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो । झक्कु सुवेदी, उर्मिला अर्याल लगायतका साथीहरुको नाम पनि चर्चामा थियो । केही साथीहरुको कुरा ६ वर्षलाई आधार बनाएर निर्णय गरौँ भन्ने थियो । ३० गते विश्वासको मत लिने भन्नेकुरा पनी भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने पनि उनले जानकारी दिए ।






