काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

कांग्रेसले सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकद्वारा हस्ताक्षरित सूचनामा विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको उल्लेख छ ।

सत्ता गठबन्धन फेरिएसंगै नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ । प्रधानमन्त्री दाहालले आगामी फागुन ३० गते विश्वासको मत लिन तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय