काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान हुँदैछ । राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा चुनावी मैदानमा छन् ।
राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन् भने एमाले १०, एकीकृत समाजवादी ८ र जसपाका ३ सांसद गरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन् ।



यस्तै कांग्रेसका १६ सांसद छन् । लोसपा १, राष्ट्रिय जनमोर्चा १ सदस्य छन् । राष्ट्रपतिबाट मनोनित १ वामदेव गौतमले कसलाई समर्थन गर्ने खुलेको छैन ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन ११ बजेर ९ मिनेटमा सुरु हुनेछ ।



