काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको भएको सहमति पूर्णरूपमा कार्यान्वयन हुने बताउनु भएको छ ।
गृहमन्त्री लामिछानेले परिस्थिति कल्पना गरेभन्दा फरक भएमा सँगै उभिएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच जाँचबुझ आयोग बनाएरै अघि बढ्ने उल्लेख गर्नुभयो । लामिछानेले अब पीडितले हिँडेर खुट्टा पट्पटी फुट्ने अवस्था नआउने भन्दै आश्वासन दिनुभयो । उहाँले सम्झौताको विषयमा प्रधानमन्त्री दाहाललाई पनि आफुले जानकारी गराइसकेको र सहमतिलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताउनु भयो ।






