काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–४ थानकोटस्थित टेकानपुरका सन्देश बलामी तीन दिनदेखि सम्पर्कविहीन रहेका छन् ।
१९ वर्षीय बलामी गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । गत शुक्रबार दिउँसो अफिसको काम सकी बागमती प्रदेश ०२–०३१ प ८९९७ नम्बरको पहेंलो स्कुरट लिएर निस्किएका बलामी अचानक सम्पर्कविहीन भएका हुन् । बलामीको सोही दिनदेखि मोवाइलको स्वीच अफ रहेको छ भने उनले आफ्नो फेसबुक प्रोफाइल पनि ब्लक गरेका छन् ।



बलामीको प्रहरी प्रशासनदेखि परिवारजनले तीब्र खोजी गरिरहेको छ । प्रहरीलेको सोधखोजको क्रममा बलामी घर छाडेर जानु पर्ने कुनै त्यस्तो कारण नभएको खुलेको छ । प्रहरीले बलामीको खोजीको लागि देशैभरको प्रहरी कार्यालयमा तस्बिर पठाई सकेको परिवारजनलाई जानकारी दिएको छ । साथै प्रहरीले सीसी टिभीको फुटेजको माध्यमबाट पनि अनुसन्धान गरिरहेको छ ।
सन्देश बलामीका परिवारजनले आफ्ना छोरा यदि कसैको सम्पर्कमा आएमा ९८१३०५३५१३, ९८०८०८००१९ र ९८४१८१४२८४ मा फोन गरिदिन पनि आग्रह गरेका छन् ।



