काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जागरण अभियान स्थगित भएको छ ।
पार्टीको पूर्व निर्धारित तराई–मधेश जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रमहरू तयारीको कमीका कारण स्थगित गरिएको हो । पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैकठले उक्त अभियान स्थगित गर्ने निर्णय गरेको थियो र सोहि निर्णय अनुसार सर्कुलर जारी गरेको छ ।



माओवादी केन्द्रले तराई मधेश जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो ।



