होली खेल्ने क्रममा दुई समूहबीच भएको झडपमा परी २ जना युवाको ज्यान गएकोे छ । गएराति ललितपुर धोलाहिटीमा भएको झगडामा उक्त घटना घटेको प्रहरीले बताएको छ । ललितपुर प्रहरीका अनुसार ज्यान गुमाउनेमा ३० वर्षीय धरानका पुजन राई र २८ वर्षीय पाँचथरका रोबर्ट राई रहेकाछन् । उनीहरूमध्ये पुजनलाई कोखा र रोबसलाई खुट्टामा चक्कु हानिएको थियो । रोबर्टको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मृतक दुवैजना एउटै समूहका हुन् । घटना ९र१० बजेतिरको भएपनि झडपका क्रममा घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि ११ बजेतिर मात्र प्रहरीलाई खबर गरिएको थियो । उनीहरू दुवैको अस्पतालमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुईजनाको शव पोष्टमार्टमका लागि सुमेरु र पाटन अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएकोआरोपमा प्रहरीले अहिलेसम्म १८ जनालाई नियन्त्रणमा लिएको ।






